शिक्षाको गुणस्तरबारे बहस नयाँ होइन। तर सुधारका कुरा गर्दा पाठ्यक्रम मात्र होइन, शिक्षकको तालिम र अभिभावकको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण छ।
विद्यालयमा किताबी ज्ञानसँगै व्यावहारिक सीप सिकाउने वातावरण बनाउनुपर्छ। त्यसैले सुधार एउटा पक्षबाट मात्र सम्भव छैन।